काठमाडौँ । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि नेतृत्वविहीन रहेको बोर्डमा अहिले निमित्त अध्यक्ष को भन्ने विषयले बबण्डर मच्चिएको छ । बोर्डको निमित्त अध्यक्षको विषयमा सञ्चालक समितिले गरेको निर्णय र अर्थ मन्त्रालयले पठाएको पत्र बाझिएपछि बोर्डमा निमित्त अध्यक्ष को भन्ने विषयमा बबण्डर मच्चिएको हो ।
यसो त नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले तत्कालीन अध्यक्ष हमालको सिफारिसमा बोर्डका कार्यकारी निर्देशक विनय आचार्यलाई निमित्त अध्यक्ष तोकेको थियो ।
समितिको सोही निर्णयका आधारमा आचार्यले बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । तर, यहीबीच अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै बोर्डको वरिष्ठ कर्मचारीका हैसियतमा डा.नवराज अधिकारीलाई निमित्त अध्यक्ष तोक्नेगरी पत्र पठाएपछि हाल बोर्डको निमित्त अध्यक्ष को भन्ने विषयमा बोर्डभित्रै बहस छेडिएको छ ।
बोर्डको निमित्त अध्यक्ष तोक्ने जिम्मेवारी सञ्चालक समितिलाई भएकाले बोर्डका कार्यकारी निर्देशक विनय आचार्यले बोर्डको निमित्त अध्यक्ष आफू भएको दाबी गर्दै आएका छन् भने डा.नवराज अधिकारीले बोर्डको वरिष्ठ कर्मचारी आफू भएकाले अर्थ मन्त्रालयको पत्र अनुसार निमित्त अध्यक्ष आफू भएको दाबी गरेका छन् । बोर्ड स्रोतका अनुसार निमित्त को भन्ने विषयमा कार्यकारी निर्देशकसहित उच्च तहका कर्मचारीहरुको बैठकमै भनाभन भएको थियो ।
बोर्डको निमित्त अध्यक्षका विषयमा बोर्डको सञ्चालक समिति र अर्थ मन्त्रालयबीच नै मतभेद देखिएपछि सोमबार बोर्डको सञ्चालक समितिको बैठक बसेर निमित्त अध्यक्षका विषयमा टुंगो लगाउने तयारी भएको बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्