Skip to content
LAXMI SUNRISE BANK

एसईईमा ग्रेडिङ सिष्टम परिवर्तन*, हरेक विषयमा पास मार्क्स ३५, चैत्र पहिलो हप्ता परीक्षा !

अर्थ सरोकार

काठमाडौँ । एसईई परीक्षामा ग्रेडिङ सिष्टम परिवर्तन भएको छ । यसवर्ष चैत्र पहिलो हप्तादेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडिङ सिष्टम परिवर्तन भई ३५ प्रतिशत वा सो भन्दा माथिको अंक आए मात्र ग्रेड हुने, अन्यथा नन ग्रेड हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका हुन् । योसँगै शर्माले यसवर्ष वार्षिक क्यालेन्डर अनुसार नै एसईईको परीक्षा हुने बताएका छन् ।

शर्माले हाल संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुन्न कि भन्ने अन्यौलता भए पनि विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने बताएका छन् ।

यता परीक्षा नियन्त्रक नन्दालाल पौडेलले यसवर्षदेखि एसईईका सबै विषयमा उतिर्ण हुनका लागि अनिवार्य रुपमा ३५ मार्क्स ल्याउनुपर्ने बताएका छन् ।

यसवर्ष एसईईको परीक्षामा नन ग्रेडिङ लागू हुने भएकाले पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने पौडेलले बताएका छन् ।

-यसअघि ग्रेडीङ सिष्टम परिवर्तन हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ- सम्पादक 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK