Skip to content
LAXMI SUNRISE BANK

सोमबार ८.७५ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं ।  सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५  सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड १३ लाख ७३ हजार ६ सय ६२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा चिरख्वा हाइड्रोपावर, नेपाल वयेरहाउजिङ्ग कम्पनी, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड १३ लाख ७३ हजार ६ सय ६२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हाथवे इन्भेस्टमेन्ट, सानिमा जीआइसी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रकचरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै सोमबारको सेयर बजारमा मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो । मोलुङ्ग लघुवित्तमा यस्तो गिरावट आउँदा मनकामना इञ्जिनियरिङ्ग, मैलुङ्ग खोला जल विद्युत, तारागाउँ रिजेन्सी र अपर हेवा खोलामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK