×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ३०.०५ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार

PRIME CA

मंगलबार ३०.०५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दै बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ११ लाख ७ हजार ९ सय ५६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा चिरख्वा हाइड्रोपावरले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वयेरहाउजिङ्ग कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सनराइज फर्स्ट म्युचुअल फण्ड र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ११ लाख ७ हजार ९ सय ५६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रकचर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हिमालयन हाइड्रोपावरमा यस्तो गिरावट आउँदा सिटिजन लाइफ इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत, मेगा मयुचुअल फण्ड र अपर हेवा खोला हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: