×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक २६.३६ अंकले घट्यो, ५ अर्ब २४ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.९२ बिन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार

PRIME CA

नेप्से परिसूचक २६.३६ अंकले घट्यो, ५ अर्ब २४ करोडमाथिको कारोबार हुँदा नेप्से २०२२.९२ बिन्दुमा

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा पुगेको छ ।

आइतबर नेप्सेमा ३०३ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ५६ हजार ४ सय ४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा तेह्रथुम पावर कम्पनीले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वयेरहाउजिङ कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था, संगति हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २ २८ करोड ५६ हजार ४ सय ४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट, माउनटेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रकचर, सिनर्जी पावर डेभलपमेन्ट र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै आइतबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतभन्दा धेरैले बढेको हो । मानुषी लघुवित्तमा यस्तो गिरावट आउँदा नेपाल रिपब्लिक मिडिया, शुभम् पावर लिमिटेड, चिरख्वा हाइड्रोपावर र मेगा म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: