×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३६.५७ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार

PRIME CA

सोमबार ३६.५७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सिंगटी हाइड्रो इनर्जीले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मोदी इनर्जी, त्रिसुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा माउन्टेन इनर्जी नेपाल, हाथवे इन्भेस्टमेन्ट नेपाल, एनआरएन इन्फ्रास्ट्रकचर, सानिमा मिडल तमोर र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै सोमबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा धेरैले बढेको हो । नारायणी डेभलपमेन्टमा यस्तो गिरावट आउँदा प्रभु स्मार्ट फण्ड, एनएमबी डेबेञ्चर ८.५०% २०८७-८८, माउन्टेन इनर्जी नेपाल र चन्द्रागिरी हिल्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: