×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २०.६२ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्व ११ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार

PRIME CA

मंगलबार २०.६२ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्व ११ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेमा ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा कर्णाली डेभलपमेन्ट बैंकले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याँगे हाइड्रोपावर र त्रिसुली जल विद्युतका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल इन्फ्रास्ट्रकचर बैंक, सोल्टी होटल, माउनटेन इनर्जी नेपाल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रकचरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतभन्दा धेरैले बढेको हो । धौलागिरी लघुवित्तमा यस्तो गिरावट आउँदा सीइडीबी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, बिन्ध्याबासिनी हाइड्रोपावर र माण्डु हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: