×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार झिनो अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहीबार झिनो अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको छ ।

बिहीबार नेप्सेमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड ८५ लाख ७ हजार २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा समाज लघुवित्त वित्तिय संस्था, मिड-सोलु हाइड्रोपावर, त्रिसुली जल विद्युत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वयेरहाउजिङ कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड ८५ लाख ७ हजार २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल रिइन्स्योरेन्स कम्पनी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल, सानिमा मिडेल तमोर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बिहीबारको सेयर बजारमा ९% नेपाल एसबीआइ बैंक लिमिटेड ऋणपत्र २०८९ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैले बढेको हो । ९% नेपाल एसबीआइ बैंक लिमिटेड ऋणपत्र २०८९ मा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, एनआइबीएल ग्रोथ फण्ड, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र मानुषी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी