×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ३१.६२ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार

PRIME CA

आइतबार ३१.६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२  बिन्दुमा पुगेको छ ।

आइतबार नेप्सेमा ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३५ करोड ६८ लाख ३८ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कालिका पावर कम्पनी, तेर्हथुम पावर कम्पनी, मध्ये भोटेकोशी जलविद्युत, माथिल्लो मैलुंग खोला जल बिद्युत र त्रिशुली जल विद्युत कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३५ करोड ६८ लाख ३८ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, अरुण काबेली पावर र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै आइतबारको सेयर बजारमा मेगा म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।  मेगा म्युचुअल फण्ड-१ मा यस्तो गिरावट आउँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र सनराइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: