×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सेयर बजारमा हरियाली, धेरैपछिको सर्वाधिक कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंगलबार सेयर बजारमा हरियाली, धेरैपछिको सर्वाधिक कारोबार

Artha Sarokar

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, नेपाल वयेरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल इन्फ्रास्ट्रकचर बैंक, एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट, हिमाल दोलखा हाईड्रोपावर, अपि पावर कम्पनी र हाथवे इन्भेस्टमेन्ट कम्पनीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै मंगलबारको सेयर बजारमा ज्योति विकास बैंक बोन्ड २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैले घटेको हो । ज्योति विकास बैंक बोन्ड २०८७ मा यस्तो गिरावट आउँदा हिमालयन ८०-२०, १०% प्राइम डेबेञ्चर २०८८, मिड सोलु हाइड्रोपावर लिमिटेड र १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी