×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ७.२४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहीबार ७.२४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७ सय ७६  कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल वेयर हाउजिङ्ग कम्पनी, सिनर्जी पावर कम्पनी, महुली लघुवित्त, गणपति लघुवित्त,सीइडीबि हाइड्रोपावर र दोर्दी खोला जलविद्युतका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, ङ्गादि ग्रुप पावर, रिडी पावर कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र गरिमा डेबेञ्चर, २०८५ मा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बिहीबारको सेयर बजारमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । तेह्रथुम पावर कम्पनीमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर कम्पनी, प्रभु स्मार्ट फण्ड र नेपाल वेयर हाउजिङ्ग कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी