×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २५.६३ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार २५.६३ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २  सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५६ करोड ७९ लाख १० हजार २ सय ४१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा अङ्खु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा समाज लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, मिड-सोलु हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५६ करोड ७९ लाख १० हजार २ सय ४१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, ङ्गादि ग्रुप पावर र अरुण भ्याली हाइड्रोपावरकामा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै आइतबारको  सेयर बजारमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो । सिईडीबी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा मोलुङ्ग हाइड्रोपावर, बाराही हाइड्रोपावर, ११ % केबिएल डेबेञ्चर २०८९ र १०.३५% अग्रीकल्चर बैंक डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी