×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३१.४९ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार ३१.४९ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा मिड-सोलु हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था, ङ्गादि ग्रुप पावर, मैलुङ्ग खोला जलविद्युत र जोशी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादी ग्रुप पावर, अपि पावर कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै सोमबारको सेयर बजारमा दोर्दी खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो । दोर्दी खोलामा यस्तो गिरावट आउँदा हिमालयन लघुवित्त, लिबर्टी इनर्जी, रिडी पावर र मकर जितुमाया सुरी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी