×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

९ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ९ लाख ८० हजार ७ सय ८५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल लिउब आयल, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, आइजीआइ प्रुडेन्सियल र दोर्दी खोला जलविद्युतका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ९ लाख ८० हजार ७ सय ८५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा अपि पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रकचर, ङ्गादि ग्रुप पावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र अरुण काबेली पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै मंगलबारको सेयर बजारमा मिड-सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । मिड-सोलु हाइड्रोपावरमा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त,अपर स्याँगे हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था र लक्ष्मी इक्वटी फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी