×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ३.९४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्व ७६ करोडमाथिको कारोबार हुँदा नेप्से २०८४.०९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार ३.९४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्व ७६ करोडमाथिको कारोबार हुँदा नेप्से २०८४.०९ बिन्दुमा

Artha Sarokar

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५ सय २९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सम्लिङ्ग पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मिड-सोलु हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभ्लापर्स, मनकामना स्मार्ट लघुवित्त र कालिका पावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५ सय २९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, अरुण काबेली पावर, अपि पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रकचर र माउनटेन इनर्जी नेपालमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बिहीबारकोसेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड-२ मा यस्तो गिरावट आउँदा धौलागिरी लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, तेर्हथुम पावर कम्पनी र सेन्चुरी डेबेञ्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी