×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १०.३७ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार १०.३७ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मिड-सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा माथिल्लो मैलुङ्ग खोला जलविद्युत, सम्लिङ्ग पावर कम्पनी, हाथवे इन्भेस्टमेन्ट नेपाल, माउन्टेन हाइड्रो नेपाल र एशियन हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल र एनआरएन इन्फ्रास्ट्रकचर नेपालमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै आइतबारको सेयर बजारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । सिटिजन्स चन्द्रागिरी हिल्समा यस्तो गिरावट आउँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त, उन्नति सहकार्य लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी