×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई ठुला घोटाला काण्डपछि पनि सुध्रिएन सिन्धु बिकास बैंक, हदै भएपछि राष्ट्र बैंकले गर्यो कार्वाही, बोर्डलाई सचेतपत्र !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई ठुला घोटाला काण्डपछि पनि सुध्रिएन सिन्धु बिकास बैंक, हदै भएपछि राष्ट्र बैंकले गर्यो कार्वाही, बोर्डलाई सचेतपत्र !

Artha Sarokar

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यसअघि ग्राहकको रकम कर्मचारीले घोटाला गरेका दुई ठुला घोटाला काण्ड घट्दा पनि बैंकले सुध्रिने छाँट नदेखाएपछि नेपाल राष्ट्र बैंकले  सिन्धु बिकास बैंकलाई कार्वाही गरेको छ । यसअघि सिन्धु बिकास बैंकमा कर्मचारीकै मिलेमतोमा भएको ग्राहकको रकम हिनामिनासम्बन्धि प्रकरण अर्थ सरोकारले ब्रेक गरेपछि राष्ट्र बैंकको विशेष निरीक्षण टोली सिन्धु बिकास बैंकमा निरीक्षण गर्न पुगेको थियो । निरीक्षणका क्रममा सिन्धु बिकास बैंकले हदैसम्मको लापरवाहीलाई कायमै राखेको भेटेपछि राष्ट्र बैंकले अन्तत: सो बैंकलाई दुई पटक कार्वाही गरेको छ ।
बैंकको बार्हबिसे शाखामा ग्राहकको रकम अपचन भएको खबर अर्थ सरोकारले ब्रेक गरेपछि राष्ट्र बैंकले गरेको विशेष स्थलगत निरीक्षणका क्रममा संस्थाको आन्तरिक लेखापरीक्षण तथा सञ्चालन जोखिम व्यवस्थापन कार्य अत्यन्त कमजोर रहेको, सञ्चालक समिति र सो अन्तर्गत रहेको विभिन्न समिति-उप–समितिहरुको ओभरसाइट, फङ्सन सन्तोषजनक नरहेको, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, ग्राहक पहिचान पद्धति, कारोबार अनुगमन गर्ने पद्धतिलगायतका कार्यहरुसमेत सन्तोषजनक नरहेको पाइएको थियो भने समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर भएको पाइएको थियो ।
बैंकभित्र हदैसम्मको बदमासी देखेपछि राष्ट्र बैंकले संचालक समितिलाई सचेतपत्र थमाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी