काठमाडौँ । तामाकोशी हाइड्रोपवार कम्पनीका सञ्चालकको टोली अष्ट्रेलिया भ्रमणमा गएको छ । ६ अर्बभन्दा बढी घाटामा रहेको कम्पनीको सञ्चालक समिति (बोर्ड)का ९ जना पदाधिकारी अष्ट्रेलिया भ्रमणमा निस्किएका हुन् ।
उनीहरुले यो भ्रमणलाई रिफ्रेसमेन्ट भ्रमण भनेका छन् । सञ्चालकहरुको अष्ट्रेलिया रिफ्रेसमेन्ट भ्रमणको खर्च बार्षिक बजेटबाटै व्यहोर्ने निर्णय सञ्चालक समितिले यसअघि नै स्वीकृत गरिसकेको छ ।
अर्थात, सञ्चित नोक्सानीमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरका सञ्चालकको जम्बो टोलीको अष्ट्रेलिया भ्रमण खर्च जनताको पैसाबाट व्यहोरिनेछ । भ्रमणमा करिब ५० लाखभन्दा बढी रकम खर्च हुने बताइएको छ । रिफ्रेसमेन्टका लागि शनिबार अष्ट्रेलिया पुगेका कम्पनीका सञ्चालकहरु १० दिनको भ्रमणपछि नेपाल फर्किनेछन् ।
कम्पनीको वार्षिक बजेट निर्माण गर्दा जबर्जस्ती अवलोकन भ्रमणका नाममा कार्यक्रम राख्न लगाउने गरेको अरोप कम्पनीका व्यवस्थापकहरुमाथि लाग्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्