×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुषमा रोजगारीका लागि यूएई जाने नेपालीको संख्या घट्यो

PRIME CA

पुषमा रोजगारीका लागि यूएई जाने नेपालीको संख्या घट्यो

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पुष महिनामा वैदेशिक रोजगारीका लागि यूएई (दुबई) जाने नेपालीको संख्या घटेको छ । मंसिर महिनाको तुलनामा पुष महिनामा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपालीको संख्या २ हजार एक सय ८ जनाले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार पुष महिनामा रोजगारीका लागि १६ हजार ३ सय ८५ जना नेपालीहरु यूएई गएका छन् । जबकी मंसिर महिनामा रोजगारीका लागि १८ हजार ४९३ नेपाली यूएई गएका थिए ।

पुष महिनामा यूएई जानेमा १३ हजार ८ सय ६० जना पुरुष र २ हजार ५ सय २५ जना महिला रहेको विभागले जनाएको छ । वैदेशिक रोजगारीका लागि यूएई जानेको संख्या घटे पनि अन्य मुलुक जानेहरुको संख्या भने बढेको विभागको तथ्यांकले देखाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: