काठमाडौँ । पुष महिनामा वैदेशिक रोजगारीका लागि यूएई (दुबई) जाने नेपालीको संख्या घटेको छ । मंसिर महिनाको तुलनामा पुष महिनामा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपालीको संख्या २ हजार एक सय ८ जनाले घटेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार पुष महिनामा रोजगारीका लागि १६ हजार ३ सय ८५ जना नेपालीहरु यूएई गएका छन् । जबकी मंसिर महिनामा रोजगारीका लागि १८ हजार ४९३ नेपाली यूएई गएका थिए ।
पुष महिनामा यूएई जानेमा १३ हजार ८ सय ६० जना पुरुष र २ हजार ५ सय २५ जना महिला रहेको विभागले जनाएको छ । वैदेशिक रोजगारीका लागि यूएई जानेको संख्या घटे पनि अन्य मुलुक जानेहरुको संख्या भने बढेको विभागको तथ्यांकले देखाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्