×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यति एयरका विमान विश्वका ‘चढ्नै नहुने’ तीन विमानको सूचीमा !

PRIME CA

यति एयरका विमान विश्वका ‘चढ्नै नहुने’ तीन विमानको सूचीमा !

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विगतमा काहाली लाग्दो दुर्घटना र ठूलो मानवीय क्षतिको साक्षि बनेको यति एयरलाइन्स विश्वकै अति जोखिम विमान कम्पनीको लिष्टमा परेको छ । सन् २०२४ मा नेपालको यति एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन कम्पनीभित्र परेको एक अध्ययनले देखाएको छ ।

कमजोर सुरक्षा मापदण्ड, अदक्ष चालकदल र कमजोर नियामकका आधारमा यति एयरको विमान अति जोखिमको सूचीमा परेको अन्तराष्ट्रिय सञ्चारमाध्यम टिकरन्युजले जनाएको छ ।

टिकरन्युजका अनुसार यति एयरलाइन्सले बेहोरेको घाटक दुर्घटना र लावरवाहीका आधारमा यतिको विमान चढ्नै नहुने विमानको सूचीमा परेको छ ।

एयरलाइन्सको रेटिङको तथ्यांकका आधारमा यतिको विमानलाई चढ्नै नहुने तीन विमानको सूचीमा राखिएको टिकरन्युजको समाचारमा उल्लेख छ । नेपालको यति एयरलाइन्ससँगै सन् २०२४ मा चढ्नै नहुने विमानमा इन्डोनेसियाको लायन एयर र पपुवा न्यु गिनीको पिएनजी एयर पनि रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: