×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए

अर्थ सरोकार

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए

काठमाडौँ । अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । दलाललाई लाखौँ रुपैयाँ बुझाएर महिनौँ लगाएर अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काएको हो ।

उनीहरुलाई अमेरिकाले बिहीबार चार्टर उडानबाट नेपाल फिर्ता पठाएको मानव बेचबिखन ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरु १० वटा भन्दा धेरै देशका अवैध बाटो हुँदै अमेरिका पुगेका थिए ।

अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेको थाहा पाएपछि अमेरिकाले उनीहरुलाई डिपोर्ट गरेर नेपाल फिर्ता पठाएको हो ।

‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ ।’, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल, ‘हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: