काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी मंगलबार (आज) रिहा हुने भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार चौधरीलाई मंगलबार रिहा गरिने भएको हो ।
२२ माघ (सोमबार) म्याद थपका लागि अदालतमा उपस्थित गराइएका चौधरीलाई अदालतले माघ २२ गतेदेखि लागू हुनेगरी दुई दिनको म्याद थप गरे पनि मंगलबारसम्म रिहा गर्न आदेश दिएको थियो ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्ने कागज बनाई चौधरीलाई जमानीमा छोड्न आदेश दिएको हो । त्यस्तै, अदालतले चौधरीसँगै पक्राउ परेका बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायाण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पनि मंगलबार नै रिहा गर्न आदेश दिएको छ ।
अदालतले बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्न पर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्