×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी रिहा

PRIME CA

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी रिहा

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार चौधरीलाई बुधबार रिहा गरिएको हो । चौधरीसँगै पक्राउ परेका अन्य दुईजनालाई पनि रिहा गरिएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । अदालतले जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्न पर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको थियो  ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: