Skip to content
LAXMI SUNRISE BANK

बाँसबारी जग्गा हिनामिना प्रकरणः पक्राउ परेका व्यवसायी चौधरीको मुटुमा समस्या, चिरायु अस्पतालबाट ग्राण्डीमा सारियो

अर्थ सरोकार

काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ । बिहीबार राती स्वास्थ्यमा समस्या आएको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको चौधरीलाई शुक्रबार धापासी स्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको हो ।

चौधरीको मुटुमा समस्या देखिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनलाई चिरायु अस्पतालले ग्राण्डीमा रिफर गरेको सीआईबी स्रोतले बताएको छ ।

बाँसवारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । पक्राउ परेपछि जिल्ला अदालतमा पेश गरिएको चौधरीलाई जिल्ला अदालत, काठमाडौँले ४ दिन हिरासतमै राखे अनुसन्धान गर्न आदेश दिएको थियो ।

त्यसलगत्तै चौधरीको स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई राती नै चिरायु अस्पतालमा भर्ना गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK