काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले कानुन विपरित भए जग्गा फिर्ता गर्ने बताएका छन् । पक्राउ परेका चौधरीले प्रहरीसमक्ष बयान दिँदै यस्तो बताएका हुन् ।
बयानमा चौधरीले बाँसबारीको सरकारी जग्गा गैरकानुनी रुपमा नहडपेको तर कानुन विपरित भए फिर्ता गर्न आफू तयार रहेको बताएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिए पनि उनले भने उक्त जग्गा आफूले कानुन अनुसार नै लिएको दाबी गरेको छन् ।
त्यस्तै, प्रहरीले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापासँग पनि बयान लिइसकेको छ । बयानमा उनले जग्गाबारे आफूले गरेको निर्णय गलत हो भन्ने नै थाहा नभएको बताएका छन् ।
सोही प्रकरणमा सीआईबीले सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट अनुमति पनि लिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्