×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँसबारी जग्गा हिनामिना प्रकरणः व्यवसायी अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति 

PRIME CA

बाँसबारी जग्गा हिनामिना प्रकरणः व्यवसायी अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति 

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले व्यवसायी अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीलाई अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

चौधरीसहित अदालतले बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायाण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो । त्यसपछि अदालतबाट चार दिनको म्याद थप गरी प्रहरीले पक्राउ परेका तीनै जनाको बयान लिइसकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले थप ३ दिन हिरासतमा राख्ने अनुमति लिएको हो ।

प्रहरीसँगको बयानमा व्यवसायी अरुण चौधरीले आफूले लिएको जग्गा गैरकानुनी भन्ने थाहा नभएको र कानुन विपरित ठहरिए फिर्ता गर्न तयार रहेको बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: