×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक गतिविधि सबैभन्दा धेरै गर्ने प्रदेशमा बागमति पहिलो !

अर्थ सरोकार

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

आर्थिक गतिविधि सबैभन्दा धेरै गर्ने प्रदेशमा बागमति पहिलो !

काठमाडौँ । सात प्रदेशमध्ये पछिल्लो दुई वर्षमा सबैभन्दा बढी आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो देखिएको छ । नेपाल नीति अनुसन्धान संस्थानले सार्वजनिक गरेको सातै प्रदेशको नेपाल प्रतिष्पर्धा सूचकांक २०२४ ले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपाल प्रतिष्पर्धा सूचकांक २०२४ अनुसार प्रदेश भित्र भौतिक पूर्वाधार, सूचना प्रविधि, उद्योग व्यापार व्यवसाय लगायतका क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो, दोस्रोमा कोशी, तेस्रोमा गण्डकी, चौथोमा लुम्बिनी, पाँचौंमा मधेश त्यसपछि सुदूरपश्चिम र कर्णाली प्रदेश रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल नीति अनुसन्धान संस्थान अनुसन्धान निर्देशक जयजङ महतले नेपालमा राजनीतिक कुरा धेरै भएकाले अब प्रदेशगत रुपमा आर्थिक गतिविधिका विषय प्राथमिकतामा राखेर नीतिहरु बनाउन सहज गराउने उदेश्यले अनुसन्धान गरिएको बताएका छन् । बागमती प्रदेशमा काठमाडौं उपत्यका पर्ने भएकाले आर्थिक गतिविधिका हरेक सूचकहरुमा अनुसन्धान गर्दा पहिलो नम्बरमा रहेको महतको भनाई छ ।

उनले सात प्रदेशमध्ये आर्थिक क्रियाकलापमा बागमती प्रदेश र अन्य ६ प्रदेशमा ठूलो अन्तर रहेको देखिएको बताए । नेपालमा प्रदेश संरचना बनेको सात वर्षमा पनि विगतको अन्तर र अहिलेसम्म कम नभएको देखिएको महतले जानकारी दिएका छन् । उनले ग्रामिण आर्थिक गतिविधि चलायमान बनाएर मुलुकको अर्थतन्त्रलाई थप मजबुत बनाउनको लागि वागमती प्रदेशसहित सातै प्रदेशमा वृद्धि गर्न आवश्यक देखिएको बताएका छन् ।

त्यस्तै, महतले विकसित प्रदेश हुनको लागि प्रदेशमा गुणस्तर शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, उद्योग कलकारखाना, प्रदेशका जनताको जीवनस्तर, सडक, आर्थिक अवस्था, दक्ष जनशक्ति लगायतका विषयमा अनुसन्धानमार्फत प्रदेशलाई र्याङ्किङ गरिएको बताए । उनले कोभिडपछि डिजिटल अर्थतन्त्र गतिविधि बढे पनि मधेस प्रदेशमा त्यो खालको गतिविधि वृद्धि हुन नसकेको अनुसन्धानले देखाएको बताएका छन् ।

डिजिटल प्रविधिको प्रयोगमा पनि बागमती पहिलो रहेको महतले बताएका छन् । उनले मधेश धेरै सम्भावना भएको क्षेत्र भएपनि कम आर्थिक गतिविधि, डिजिटल प्रविधिको प्रयोग लगायतका विषयमा धेरै पछाडि रहेको बताएका छन् । त्यस्तै, उनले संघीयतामा मुलुक गएसँगै स्थानीय तहहरुले आर्थिक गतिविधिहरु बढाउन नसक्दा प्रदेशहरुको आर्थिक क्रियाकलाप वृद्धि हुन नसकेको देखिएकोसमेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: