×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले धेरै भएको पैसा ३% ब्याजमा राष्ट्र बैंकमा राख्न पाउने

अर्थ सरोकार

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार

PRIME CA

बैंकहरुले धेरै भएको पैसा ३% ब्याजमा राष्ट्र बैंकमा राख्न पाउने

काठमाडौँ । बैंकहरुले आफूसँग बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्न पाउने भएका छन् । बैंकहरुले फागुन १ (मंगलबार)देखि आफूसँग बढी भएको निक्षेप राष्ट्र बैंकमा ब्याजमा राख्न पाउने भएका हुन् ।

राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पहिलो पटक स्थायी निक्षेप संकलन उपकरण (एसडीएफ) अर्थात ब्याज तिरेर पैसा लिने सुविधा प्रयोगमा ल्याएको हो । योसँगै अब बैंकहरुले आफूसँग बढी भएको निक्षेप जुनसुकै बेला राष्ट्र बैंकमा राख्न पाउने भएका छन् ।

यसका लागि बैंकहरुले न्यूनतम २० करोड रुपैयाँदेखि सोभन्दा बढी ५ करोडले भाग गर्दा निःशेष रहने अंकमा राख्नुपर्नेछ । यसरी बैंकहरुले राष्ट्र बैंकमा राख्ने निक्षेपमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार यो सुविधा चार दिनका लागि उपलब्ध हुनेछ । तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत दिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । स्थानीय निक्षेप सुविधामा रकम जम्मा गराएपछि बैंकहरुले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, निर्देशन अनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: