×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण लिने मान्छे नपाएपछि बैंकको खर्बौं रकम राष्ट्र बैंकमा जम्मा

PRIME CA

ऋण लिने मान्छे नपाएपछि बैंकको खर्बौं रकम राष्ट्र बैंकमा जम्मा

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ऋण लिने मान्छे नपाएपछि बैंक तथा वित्तीय संस्थाहरुले अढाई खर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि कर्जा लगानी हुन नसकेपछि बैंकहरुले दुई खर्ब ५३ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले फागुनदेखि लागु गरेको स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले ३ प्रतिशत ब्याजमै उक्त रकम राष्ट्र बैंकमा राखेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले फागुन यता यसरी चार पटकसम्म राष्ट्र बैंकमा रकम जम्मा गराएका छन् । यसरी राखिएको रकममध्ये हाल ९६ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैंकमा छ ।

बैंकहरुमा धेरै भएको रकम राष्ट्र बैंकमा राख्न सकिने सुविधा अन्तर्गत बैंकहरुले न्यूनतम २० करोड रुपैयाँदेखि सोभन्दा बढी ५ करोडले भाग गर्दा निःशेष रहने अंकमा राख्नुपर्नेछ । यसरी बैंकहरुले राष्ट्र बैंकमा राख्ने निक्षेपमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार यो सुविधा चार दिनका लागि उपलब्ध हुनेछ । तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत दिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । स्थानीय निक्षेप सुविधामा रकम जम्मा गराएपछि बैंकहरुले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् ।

तर, निर्देशन अनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: