काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारीले बैंकको ब्याज महँगो हुँदा व्यापारी-व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिवारीले यस्तो बताएकी हुन् ।
उनले अहिले बैंकको ब्याज महँगो हुँदा कर्जा नीति कसिलो भएकाले बैंकबाट कर्जा लिएर व्यापार-व्यवसाय गर्ने अवस्था व्यवसायी नभएको बताइन् । हाल बैंकमा पैसा थुप्रिरहेको भए पनि कर्जा लगानी हुन नसक्दा उद्योग-कलकारखाना बन्द हुने अवस्थामा पुगेको तिवारीले बताएकी छिन् । यसरी बैंकको चर्को ब्याजदरका कारण व्यवसायी मर्कामा पर्दा र व्यवसाय धराशायी हुँदा पनि राज्य गम्भीर नभएको सांसद तिवारीको आरोप छ ।
त्यस्तै, उनले व्यापारी-व्यवसायी र कर्जा लिएर केही गर्न चाहने नागरिकका लागि बैंकको कर्जा नीति सजिलो बनाउन पनि माग गरेकी छिन् ।
‘बैंकको ब्याजदर महँगो भएको छ । १२ प्रतिशतबाट बैंकको ब्याजदर घटाउनुपर्यो । व्यवसाय गर्न चाहने नागरिकलाई कर्जा प्रवाह गर्न बैंकको कर्जा नीति सजिलो बनाउनुपर्यो ।’, उनले भनिन्, ‘बैंकमा पैसा थुपारेर उद्योग-व्यवसाय बन्द गराउने, बेरोजगार बढाउने यो सरकारको नागरिकप्रतिको गैरजिम्मेवारपन हो, तसर्थ व्यवसायीको मनोबल उठ्नेगरी सजिलो तरिकाले कर्जा लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्