×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणः पक्राउ परेका सीईओ न्यौपाने र गौतमसहित १० जनालाई ५ दिन थुनामा राख्न अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार

PRIME CA

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणः पक्राउ परेका सीईओ न्यौपाने र गौतमसहित १० जनालाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब घोटाला प्रकरणमा पक्राउ परेका तत्कालीन सीईओ तुल्सिराम गौतम र मनौज न्यौपानेसहित १० जनालाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा पेश गरिएका उनीहरुलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उक्त प्रकरणमा बैंकका तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत र राजेश भण्डारीलाई सीआईबीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकका सीईओदेखि कर्मचारीसम्मको मिलेमतोमा ८० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ ।

यसरी बैंकले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली सहकारीका रविन्द्र चौलागाईं र उनकी श्रीमति पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कर्जा प्रवाह गरेको पाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: