×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक घोटाला प्रकरणः निर्दोषलाई फसाईएको भन्दै प्रदर्शन, सडकमा उर्लियो ‘जनसागर’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक घोटाला प्रकरणः निर्दोषलाई फसाईएको भन्दै प्रदर्शन, सडकमा उर्लियो ‘जनसागर’

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ । तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंक लिमिटेडका पीडीतहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन् । बैंकका संचालक समितिका सदस्य प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको १८ करोड घोटाला प्रकरणमा आफुहरुलाई फसाईएको दाबी गर्दै उनीहरुले शहर परिक्रमासहित विरोध गरेका हुन् ।

प्रदर्शनमा पीडीत र पीडीतका परिवार, र सामाजिक अभियानता गरि ५०० हाराहगरीको उपस्थिति थियो । दाङको तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन शहर परिक्रमा गरि पुनः सोही चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पीडीतहरुले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ती दिइएको आरोप लगाएका थिए ।

तत्कालीन वेस्टर्नमा कुल १८ करोड रुपैयाँ घोटाला भएको थियो । बैंकका प्रबन्धक समीर बुढाथोकीले आफू नगदमा सापटी लिने र फर्जी ऋणी खडा गरेर आफुले सापटी लिएकाहरुको खातामा फर्जी ऋणबापतको रकम हाली घोटाला गरेका थिए । सोही कारण आफुले नगदमा सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरु यो केसमा फसेका हुन् । उच्च अदालत दाङले आफुहरुलाई दोषी देखाएपछि पीडितहरु अहिले सर्वोच्च गएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: