×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण तिर्न नसकेपछि सिटिजन्स बैंकलाई पत्र- ‘सपरिवारलाई जागिर दिनुपर्यो, काम गर्दै किस्ता तिर्दै गर्छौँ’

PRIME CA

ऋण तिर्न नसकेपछि सिटिजन्स बैंकलाई पत्र- ‘सपरिवारलाई जागिर दिनुपर्यो, काम गर्दै किस्ता तिर्दै गर्छौँ’

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकको ऋण तिर्न नसकेपछि बागलुङमा एक परिवारले जागिर लगाईदिन भन्दै बैंकलाई नै पत्र पठाएको भेटिएको छ । बागलुङ नगरपालिका–६ का चन्द्र बहादुर विकले ऋण तिर्न जागिर लगाईदिन भन्दै सिटिजन्स बैंकको बागलुङ शाखालाई पत्र पठाएका हुन् ।

उनले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने भन्दै जागिर दिएर त्यहीँबाट आएको पैसाले बैंकको ऋण घटाउँदै जाने पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै, उनले बैंकको चौकिदारी गर्न सक्षम भएको भन्दै आफूलाई बैंकमै चौकिदारको जागिर दिन आग्रह गरेका छन् । साथै उनले आफ्नो श्रीमती र छोरा पनि बैंकमा जागिर खान योग्य भएकोले उनीहरुलाई पनि आफूसँगै बैंकमा जागिर दिन भनेका छन् । र सोही जागिरबाट आएको पैसाले ऋण तिर्ने विकले बताएका छन् ।

‘म घरको मुली मान्छे चन्द्र बहादुर विक, त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया विक कार्यालय सहयोगी भई काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।’, उनले पत्रमा लेखेका छन् ।

यतिमात्र होइन, विकले बैंकमा पठाएको पत्रमा आफ्नो परिवारलाई घर खर्च पुग्ने ३ हजार मात्रै दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन पनि बैंकलाई अनुरोध गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: