×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दूरसंचार प्राधिकरणको अध्यक्षमा सिए भुपेन्द्र भण्डारी नियुक्त, राष्ट्र बैंकपछि अर्को नियामकमा चार्टर्ड एकाउन्टेन्टको दमदार उपस्थिति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दूरसंचार प्राधिकरणको अध्यक्षमा सिए भुपेन्द्र भण्डारी नियुक्त, राष्ट्र बैंकपछि अर्को नियामकमा चार्टर्ड एकाउन्टेन्टको दमदार उपस्थिति

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा सिए भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको हो ।
को हुन् भण्डारी ?
भण्डारी लामो समय दूरसञ्चार क्षेत्रमा काम गरेका व्यक्ति हुन् । दूरसंचार क्षेत्रमा मात्र होइन, लेखा व्यवसाय, बित्त, फिनटेक, बैंकिङ लगायतका विषयमासमेत विज्ञ मानिने भण्डारी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । उनी सन् २००५ देखि भारतको चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईसीएआई) र सन् २००७ देखि नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का सदस्यसमेत हुन् ।
साबिकको श्रीलंका मर्चेन्ट बैंकमा कम्पनी सचिवको रुपमा १० महिना काम गरेका भण्डारीले त्यसपछि एक बर्ष ९ महिना कर्णाली डेभलपमेन्ट बैंकमा सीइओको रुपमा काम गरेका थिए । त्यसपछि ८ महिना सीएससी एण्ड कम्पनी नामक अडिट फर्ममा काम गरेका उनी त्यसपछि पशुपति बिकास बैंक (हालको हिमालयन बैंक)मा काम गर्न गए । त्यहाँबाट करिव ७ महिनाका लागि तत्कालीन स्पाइस नेपाल (मेरो मोबाइल)मा काम गरेका उनी अफ्रिकी देशहरुमा टेलिकम क्षेत्रमा काम गर्न गए । अफ्रिकामा पनि उनी टेलिकम कम्पनीको सीइओका रुपमा काम गरेका विज्ञ हुन् । त्यसपछि पे नेप (मोरु डिजिटल वालेट)मा अध्यक्षका रुपमा रहेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सल्लाहकार हुन गएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी