काठमाडौँ । नेपाली दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् ।गत १४ माघमा प्रकाशित दर्खास्त आह्वान सम्बन्धि सूचनामा कुल २५ जनाले आवेदन दिएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार प्राधिकरणको अध्यक्ष बन्न मैनेजर प्रसाद साह कानु, रोहित रौनीयार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालसमेत छन् । यीमध्ये सबैभन्दा बढी सम्भावना भुपेन्द्र भण्डारीको रहेको मन्त्रालय स्रोत दाबी गर्छ ।
को हुन् भण्डारी ?
भण्डारी लामो समय दूरसञ्चार क्षेत्रमा काम गरेका व्यक्ति हुन् । दूरसंचार क्षेत्रमा मात्र होइन, लेखा व्यवसाय, बित्त, फिनटेक, बैंकिङ लगायतका विषयमासमेत विज्ञ मानिने भण्डारी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । उनी सन् २००५ देखि भारतको चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईसीएआई) र सन् २००७ देखि नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का सदस्यसमेत हुन् ।साबिकको श्रीलंका मर्चेन्ट बैंकमा कम्पनी सचिवको रुपमा १० महिना काम गरेका भण्डारीले त्यसपछि एक बर्ष ९ महिना कर्णाली डेभलपमेन्ट बैंकमा सीइओको रुपमा काम गरेका थिए । त्यसपछि ८ महिना सीएससी एण्ड कम्पनी नामक अडिट फर्ममा काम गरेका उनी त्यसपछि पशुपति बिकास बैंक (हालको हिमालयन बैंक)मा काम गर्न गए । त्यहाँबाट करिव ७ महिनाका लागि तत्कालीन स्पाइस नेपाल (मेरो मोबाइल)मा काम गरेका उनी अफ्रिकी देशहरुमा टेलिकम क्षेत्रमा काम गर्न गए । अफ्रिकामा पनि उनी टेलिकम कम्पनीको सीइओका रुपमा काम गरेका विज्ञ हुन् । त्यसपछि पे नेप (मोरु डिजिटल वालेट)मा अध्यक्षका रुपमा रहेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सल्लाहकार हुन गएका थिए ।
मन्त्रालय स्रोतका अनुसार भण्डारीलाई नै प्राधिकरणको जिम्मा दिन खोजिएको छ ।
‘भण्डारी सरलाई उपयुक्त पात्रको रुपमा लिईएको छ ।’ मन्त्रालय स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘बाँकी के हुन्छ हेर्नुपर्ला ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्