×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटक हस्ताक्षर र छापविनै विज्ञप्ति पठाएर एनआईसीले भन्यो -‘घरजग्गा ऋण राष्ट्र बैंकको सिमा भित्रै छ’ (विज्ञप्तिसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार

PRIME CA

पहिलोपटक हस्ताक्षर र छापविनै विज्ञप्ति पठाएर एनआईसीले भन्यो -‘घरजग्गा ऋण राष्ट्र बैंकको सिमा भित्रै छ’ (विज्ञप्तिसहित)

काठमाडौँ । एनआईसी एशिया बैंकले सिमा मिचेर घरजग्गा ऋण दिएको आरोपबारे खण्डन गरेको छ । बैंकले विभिन्न संचारमाध्यमलाई आज एक इमेल लेख्दै यसको खण्डन गरेको हो ।

‘बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बैंकले विज्ञप्तिमा भनेको छ- ‘हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य नरहेको दाबी गरेको छ ।  ‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको Capital Adequacy Framework 2015 मा उल्लेखित Risk Weight Classification सम्बन्धी व्यवस्थाहरू मध्ये Claims Secured by Residential Properties भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष Reporting गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा Claims Secured by Residential Properties सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई Reporting गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।’ बैंकले विज्ञप्तिमा भनेको छ ।
साथै बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेकोसमेत दाबी गरेको छ ।
यद्यपी सो विज्ञप्तिमा कसैले हस्ताक्षर नै गरेका छैनन् । बैंकका अधिकारीहरुले आफुलाई फसाउन खोजेको भन्दै बैंकका डेपुटी सीइओ सुधिर नाथ पाण्डेले सो विज्ञप्तिमा हस्ताक्षर गर्न नमानेको दाबी गरेका छन् । यस विषयमा बुझ्न खोज्दा पाण्डे सम्पर्कमै आएनन् भने बैंकका अन्य अधिकारी पनि यस विषयमा आफु नबोल्ने बताईरेहका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: