काठमाडौँ । बैंकको ब्याज पुन: घट्ने भएको छ । यसअघि पुष र माघमा पनि घटेको मुद्दती निक्षेपतर्फको ब्याज फागुनमा पुन: घटाउने तयारीमा बैंकहरु लागेका हुन् ।
‘बैंकको ब्याज अझै घट्ने कुरामा कुनै शंका छैन । कसले कति घटाउँछन् भन्ने कुराचाहिँ भन्न सकिन्न ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक बाणिज्य बैंकका सीइओले भने -‘सबैजसो बैंकले घटाउने देख्छु । केहिले नघटाउने पनि सुनेको छु । तर समग्रमा बैंकको ब्याज घट्छ ।’
उनका अनुसार मुद्दती निक्षेपमा ब्याज घट्दा बैंकको बेस रेट घट्न गई ऋणतर्फको ब्याज पनि घट्नेछ । यद्यपी अहिले गईरहेका ऋणको ब्याज भने तत्काल घटाउने मुडमा बैंकरहरु नरहेको उनको भनाई छ । ‘नयाँ ऋण केहि सस्तो पक्कै हुन्छ । पूराना ऋणमा बैंकहरुले आआफ्नो हिसाबले गर्लान् ।’ अर्थ सरोकारसँग ती बैंकका सीइओले भने ।
अहिले कर्जा प्रवाह पनि नभएको अवस्था रहेको र अझै ब्याज घटाउन समग्र बजारकै दबाब भएकाले ब्याज घट्ने उनको दाबी छ ।
ब्याज अझै घट्दा यसको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको छ । पछिल्लो समय सेयर धितो कर्जा लिनेहरु बढेका छन् । बैंकहरुको ब्याज घटाउने निर्णयले सेयर बजारको माहोल थप सकारात्मक देखिएमा सेयर धितो कर्जा लिनेहरु थप बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्