Skip to content
LAXMI SUNRISE BANK

‘चेक बाउन्स’को केसमा मिलापत्रको व्यवस्था, दुई पक्ष मिले मुद्दा दर्ता भईसकेपछि पनि मिलापत्र गर्न सकिने !

अर्थ सरोकार

काठमाडौँ । संसदमा पेश भएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा चेक बाउन्सको मुद्दामा मिलापत्रको व्यवस्था गरिएको छ । उक्त विधेयकमा चेक बाउन्सको कसुरमा दुई पक्षबीच सहमति भए मिलापत्र गर्न सकिने व्यवस्था गरिएको हो ।

योसँगै अब चेक बाउन्स मुद्दा दर्ता हुनुअघि नै दुवै पक्षत्रीच मिलापत्रको लागि पहल गरिने छ भने दुवै पक्षले चाहेको अवस्थामा मुद्दा दर्ता भइसकेपछि पनि मिलापत्र गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तो अवस्थामा बाउन्स भएको चेकमा उल्लेख भएको रकम बुझाई दुई पक्षबीच सहमति भए अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकारीमार्फत सरकारी वकिलसमक्ष र अदालतमा मुद्दा दायर भइसकेको भए सरकारी वकिलमार्फत अदालतसमक्ष मिलापत्रका लागि निवेदन दिन सकिने व्यवस्था विधेयकमा उल्लेख छ ।

हाल दुईपटकभन्दा बढी चेक बाउन्स भए चेक बाउन्स भएको खातावालालाई कालोसूचीमा राख्ने र बैंकिङ कसुरमा सजाय र जरिवाना हुने व्यवस्था छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK