×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकहरु सुरक्षित छन्, हाइड्रोको भविष्य पनि राम्रो छ’- छोटेलाल रौनियारसँगको अन्तर्वार्ता (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार

PRIME CA

‘बैंकहरु सुरक्षित छन्, हाइड्रोको भविष्य पनि राम्रो छ’- छोटेलाल रौनियारसँगको अन्तर्वार्ता (भिडियो)

काठमाडौँ । सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले बैंकहरु सुरक्षित रहेको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै रौनियारले पछिल्लो समय बाहिर चलेको जस्तो बैंकिङ क्षेत्र संकटमा नभएको बताएका हुन् ।

पछिल्लो समय राष्ट्र बैंकको केही नीतिका कारण बैंकहरु मारमा पर्दा सेयरधनीलाई लाभांश दिन नसक्नु र बैंकप्रति दुर्गा प्रसाईंको अभिव्यक्तिका कारण हल्ला बढि भए पनि बैंकहरु सुरक्षित नै भएको रौनियारको भनाई छ । ‘दुर्गा प्रसाईंका कारण अहिले बैंकबाट ऋण लिएकाहरुले ऋण पनि तिरेका छैनन् र ब्याज पनि बुझाइरहेका छैनन् । यही कारण अहिले बैंकहरुको खराब कर्जा बढेकोजस्तो देखिन्छ ।’, उनले भने, ‘तर, एकवर्षको अवस्थालाई मात्र हेरेर बैंक संकटमा छन् भन्न मिल्दैन । बाहिर चलेको हल्लाजस्तो बैंकमा कुनै पनि डर देखिँदैन ।’

अर्कोतर्फ उनले लाभांश नदिँदा बैंकप्रति सेयरधनीहरु खुसी नभएको पनि बताएका छन् । ‘बैंकहरुसँग रिजर्भ सरप्लस छ, कमाई पनि राम्रै छ भने लगानीकर्तालाई भित्तामै पुर्याउनु ठिक होइन ।’, रौनियारले भने, ‘थोरै भए पनि हरेक पटक बैंकहरुले लाभांशचाहिँ दिनुपर्छ । २-३ वर्ष नै लाभांश नदिने प्रवृत्ति राम्रो होइन, बैंकहरु सच्चिनुपर्छ ।’

त्यस्तै, उनले पछिल्लो समय हेपिएको भनिएको हाईड्रो सेक्टरको भविष्य पनि राम्रो भएको बताएका छन् । यसअघिको बुलमा हाइड्रोका लगानीकर्ताले राम्रो पैसा कमाएको र अहिले पनि बजार १८०० देखि २२०० पुग्दा पनि हाइड्रोले नै लिड गरेका कारणले पनि हाईड्रोको भविष्य राम्रो भएको उनको भनाई छ । ‘आजको दिनमा पनि हाईड्रो ट्रेडिङ सेक्टर नै देखिइराछ । अहिले जसरी नेपाली बिजुली अन्तराष्ट्रिय बजारमा पुर्याउने काम भइरहेको छ, यसले हाईड्रोको भविष्य सुरक्षित र राम्रो रहेको देखाउँछ ।’, उनले थपे, ‘हो, हाईड्रोमा केही बदमासी भने छ । तर, लङट्रममा हेर्ने हो भने हाईड्रोको भविष्य राम्रो छ ।’ (भिडियो अन्तर्वार्ता)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: