×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्रुको झोलाबाट पैसा चोर्ने नेपाल एयरलाइन्सका लोडर पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यात्रुको झोलाबाट पैसा चोर्ने नेपाल एयरलाइन्सका लोडर पक्राउ

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यात्रुको झोलाबाट पैसा चोर्ने नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका यात्रुको झोलाबाट पैसा चोर्ने दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका हुन् ।

उनीमाथि याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोप छ ।

आफ्नो झोलाबाट पैसा चोरी भएको भन्दै सुब्बाले दिएको उजुरीका आधारमा विमानस्थलको सीसीटिभी फुटेज जाँच चोरी गरेको पुष्टी भएपछि निगमका लोडर सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुुनारलाई थप कार्वाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

पक्राउ परेका सुनारको शरीर तथा लकरमा खोज तलासी गर्दा १९ हजार ४ सय थाई भाट फेला परेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: