×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो सूर्योदय सहकारीबाट ३२ लाख गायब, उजुरी लिएर बचतकर्ता प्रहरीमा, कर्मचारी भन्छन्- ‘कसरी हरायो थाहा छैन’

अर्थ सरोकार

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार

PRIME CA

हाम्रो सूर्योदय सहकारीबाट ३२ लाख गायब, उजुरी लिएर बचतकर्ता प्रहरीमा, कर्मचारी भन्छन्- ‘कसरी हरायो थाहा छैन’

काठमाडौँ । दोलखामा एक सहकारीको रकम गायब भएको तथ्य सतहमा आएको छ । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रकम गायब भएको पाइएको हो ।

रकम चोरी भएको उजुरी लिएर सहकारीका बचतकर्ता प्रहरीसम्म पुगेपछि घटना बाहिर आएको हो । बचतकर्ताकै उजुरीका आधारमा अनुसन्धान गर्दा उक्त सहकारीबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ हराएको उजुरी परेको छ ।

यता सहकारीका सञ्चालकले पनि रकम चोरी भएको विषय प्रहरीसमक्ष स्विकारेका छन् । तर, कहिले र कसरी रकम चोरी भयो भन्ने विषयमा भने स्वयम सहकारीका सञ्चालक र कर्मचारी नै अन्यौल छन् । ‘सहकारीबाट झण्डै ३३ लाख रकम गायब भएको छ । तर, कहिले ? कसरी ? हरायो भयो थाहा छैन ।’, सहकारीका एक कर्मचारीले भने, ‘केस प्रहरीमा पुगेको छ, छानबिन हुन्छ ।’

सहकारीबाट रकम चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेल र सहकारीको कार्यालय रहेको घरबेटीलाई पक्राउ गरी सोधपुछ गरेर छाडेको छ ।

देशभर सहकारीमा संकट देखिईरहेको र दिनहुँ सञ्चालक भागिरहेको खबर सार्वजनिक भइरहँदा हाम्रो सूर्योदय सहकारीको रकम चोरी भयो कि गायब पारियो ? भन्ने विषयमा बचतकर्ताहरुले शंका गरेका छन् । हाल सहकारीबाट रकम चोरी भएको घटना सार्वजनिक भएपछि सहकारीमा बचत जम्मा गरेका बचतकर्ताहरु तनावमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: