×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धेश्वर सहकारीमा ५ लाख चोरी, झ्याल फुटाएर छिरेको चोरले सीसीटिभी क्यामेराको हार्डडिस्क पनि लग्यो !

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार

PRIME CA

सिद्धेश्वर सहकारीमा ५ लाख चोरी, झ्याल फुटाएर छिरेको चोरले सीसीटिभी क्यामेराको हार्डडिस्क पनि लग्यो !

काठमाडौँ । सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । मोरङको पथरी शनिश्वरे नगरपालिका-४ स्थित उक्त सहकारीमा बुधबार राती चोरी भएको हो ।

झ्याल फुटाएर भित्र पसेको चोरले सहकारीको ५ लाख ३९ हजार ५ सय ४७ रुपैयाँ चोरी गरेको संस्थाका कर्मचारीले बताएका छन् ।

संस्थाका ती कर्मचारीका अनुसार नगदसँगै चोरले सहकारीमा जडान गरिएको सीसीटिभी क्यामेराको हार्डडिस्कसमेत चोरी गरेको छ । हाल उक्त चोरीका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: