काठमाडौँ । सूर्यदर्शन सहकारीमा भएको अरबौँ ठगी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेको छ । प्रहरी स्रोतका अनुसार सीआईबीले प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमान्डमा प्राविधिक टोली पोखरा पठाएको हो ।
बचतकर्ताको अरबौँ ठगी प्रकरणको छानबिनका क्रममा ठगीका मुख्य नाइके जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टिभीका साझेदार पूर्वडिआइजी छविलाल जोशीको घरबाट प्रहरीले चारवटा सर्भर बरामद गरेको थियो । सोही सर्भरको डाटा निकाल्नका लागि सीआईबीको प्राविधिक टोली पोखरा गएको बुझिएको छ ।
जोशीको घरबाट महत्वपूर्ण दस्तावेजहरुको विद्युतीय अभिलेख फेला पारेकोले सोको अध्ययन तथा थप अनुसन्धानका लागि प्रहरीले सीआईबीको सहयोग मागेको थियो । सोही अनुसार सीआईबीको टोली पोखरा गएको प्रहरी स्रोतले बताएको छ ।
हाल ठगीका मुख्य नाइके भनिएका सहकारीका अध्यक्ष गितेन्द्र बाबु राई (जिबी राई) भने फरार छन् । उनीसँगै थानबहादुर बुढामगर र पूर्वउपाध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्