×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिउँदै श्रीमानको मृत्युदर्ता बनाएर भत्ता खाने महिलालाई ३ महिना कैद र १० हजार जरिवाना, वडासचिव पनि दोषी !

PRIME CA
GLOBAL IME BANK

जिउँदै श्रीमानको मृत्युदर्ता बनाएर भत्ता खाने महिलालाई ३ महिना कैद र १० हजार जरिवाना, वडासचिव पनि दोषी !

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिउँदै श्रीमानको मृत्युदर्ता बनाएर भत्ता खाने महिलालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ । रामेछापको मन्थली नगरपालिका–३ की निर्मला खत्रीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । खत्रीलाई अदालतले ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले जीवित श्रीमान (रामबाबु खत्री)को मृत्युदर्ता बनाएर भत्ता खाने खत्रीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

अदालतले निर्मला खत्रीसँगै मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडासचिव शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको छ । उनले रामबाबु खत्रीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर २०७८ भदौ २१ गते एकल महिला परिचयपत्रसमेत बनाइदिएको पाइएपछि अदालतले महतोलाई पनि ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

खत्रीले एकल महिला भत्तामार्फत गतवर्षको माघसम्म १५ महिनाको मासिक २ हजार ६ सय ६० रुपैयाँका दरले ३९ हजार ९ सय रुपैयाँ भत्ता लिएकी थिइन् । भत्ता बुझ्न बैंक जाँदा सिन्दुर पोतेसहित गएपछि बैंकका कर्मचारीले सोधपुछ गर्दा उनले जीवित श्रीमानको नक्कली मृत्युदर्ता बनाएर भत्ता बुझिरहेको खुलासा भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: