×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारी लाइसेन्सको अवधि १० वर्ष, पछाडि बस्दा हेल्मेट अनिवार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सवारी लाइसेन्सको अवधि १० वर्ष, पछाडि बस्दा हेल्मेट अनिवार्य

Artha Sarokar

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को नविकरण अवधि १० वर्ष बनाउने तयारी गरको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवाई लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी गरेको हो ।

यसका लागि सवारी तथा यातायात व्यवस्था विधेयक-२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन-२०८० जारी गर्न लागिएको हो । सोही विधेयकमार्फत सरकाले हाल ५ वर्ष रहेको सवारी चालक अनुमतिपत्रको नविकरण अवधि १० वर्ष हुनेगरी व्यवस्था लागू गर्न लागिएको ती अधिकारीको भनाई छ ।

त्यस्तै, ती अधिकारीका अनुसार संशोधन सहितको विधेयकमा ठूला सवारी साधन चलाउनका लागि चालकको उमेर २३ वर्ष, मझौला तथा साना चार पांग्रे सवारी साधन चलाउन २१ वर्ष र दुई पांग्रे सवारी साधन चलाउन १८ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि गर्न लागिएको छ । योसँगै सरकारले जारी गर्न लागेको संशोधित विधेयकमा मोटरसाइकल वा अन्य दुई पांग्रे सवारी साधन चलाउँदा चालक र पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी