×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म सरकारमा पुगे लघुवित्त र सहकारीको सबै ऋण मिनाहा गर्छु’

PRIME CA

‘म सरकारमा पुगे लघुवित्त र सहकारीको सबै ऋण मिनाहा गर्छु’

अर्थ सरोकार

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋण मिनाहा गर्ने बचन दिएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफू सरकारमा पुगे लगत्तै लघुवित्त र सहकारीबाट पीडित भएका ऋणीहरुको ऋण मिनाहा गरिदिने बताएका हुन् ।

फागुन १ गते काठमाडौँमा आयोजना गरिएको प्रसाईंको कार्यक्रममा सहभागी हुन आएका लघुवित्त पीडितहरुलाई बिदाई गर्दै प्रसाईंले आफू सरकारमा पुगे सबै लघुवित्त र सहकारीका पीडितहरुको ऋण मिनाहा गरेर जग्गा फिर्ता गर्ने बचन दिएका हुन् । ‘उहाँहरुले मलाई नै सरकार सोच्नुभएको छ । तर, त्यस्तो होइन ।’, प्रसाईंले भने, ‘कुनै दिन म सरकारमा पुगेछु भने त्यही दिन उहाँहरुको जग्गा सबै फिर्ता हुन्छ ।’

त्यस्तै, प्रसाईंले झापाको बिर्तामोडमा १५ फागुनमा आयोजना हुन लागेको कार्यक्रममा १० जना दोस्रो तहका नेता र १५ जना तस्करको फोटो सार्वजनिक गर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: