×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड !

PRIME CA

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड !

१६ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब बढी नाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पछिल्लो ५ महिनामा प्राधिकरणले कुल १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो । प्राधिकरणले गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा प्राधिकरणको कुल आम्दानी ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ रहेको छ । जसमध्ये विद्युत खरिद, प्रशासनिक, आयोजनाहरुमा गरी कुल ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछि भने निरन्तर नाफामा रहँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, प्राधिकरणले यसअवधिमा देशभित्रका उर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत खरिद गरेको छ ।

त्यस्तै, यसअवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ४८ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: