काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर फरार रहेका जिबी राईलाई पक्राउ गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष राईलाई किन पक्राउ नगरिएको ? भन्दै प्रश्न उठाएका छन् ।
‘अहिले सहकारी संस्थाको देशभर लुटपाट चलेको छ । वीरगञ्जको सानो पाइला सहकारीका सञ्चालक जिबी राई बचतकर्ताको १३५ करोड लिएर फरार छन् । अहिले उक्त सहकारीको न कार्यालय खुलेको छ, न कर्मचारी छन् ।’, सांसद यादवले भने, ‘जनप्रतिनिधी र बचतकर्ताले उजुरी दिँदा पनि प्रहरीले छानबिन अघि बढाएको छैन ।’
त्यस्तै, उनले सानो पाइला सहकारीबाट जिबी राईले सहकारीको करिब ९४ करोड रुपैयाँ ७५ जनालाई बिना धितो ऋण दिएको पनि उल्लेख गरेका छन् ।
यतिसम्म कि उनले राईले सहकारीको पैसा बिना धितो आफ्ना आफन्त, कर्मचारी, रेष्टुरेन्टका स्टाफ र आसेपासेलाई अचम्म तरिकाले बाँडेको पनि अरोप लगाएका छन् । ‘हामी जब ऋण लिन जान्छौँ । तब धितोमा जग्गा राख्नुपर्छ, जमानी बस्नुपर्छ, सात पुस्ताको नाम लेखाउनुपर्छ । तर, सानो पाईला सहकारीबाट ७५ जनालाई बिना धितो कपाली तमसुकका आधारमा ९४ करोड रुपैयाा ऋण दिइएको छ ।’, उनले भने, ‘ऋण खानेहरु पनि सबै वीरगञ्ज बाहिरका छन् । यहाँसम्मकी एकैजनाको नाममा ६ करोड रुपैयाँ पनि ऋण प्रवाह भएको छ ।’
साथै सांसद यादवले सानो पाइला सहकारीमा भएको करोडौँ हिनामिना प्रकरणमा संलग्न जिबी राई, संस्थाका सञ्चालक तथा अन्यहरुलाई तत्काल पक्राउ गरी कार्वाहीका दायरामा ल्याउन माग गरेका छन् । योसँगै उनले दिनहुँ सहकारी ठग्ने शिलशिला बढिरहेको बेला ठगीमा संलग्नहरुलाई पक्राउ गरेर कार्वाही गर्न नसक्नु सरकारको असक्षमता रहेको बताएका छन् ।
यसो त देशभर सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब बढी रुपैयाँ ठगी गरेर फरार रहेका जिबी राईको विषयमा यसअघि पनि संसदमा प्रश्न उठेको थियो । त्यसबेला सांसदहरुले जिबी राई भागेको हो कि भगाएको हो ? भन्दै सरकारलाई प्रश्न गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्