काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले ८० करोडको धितो राखेर २ अर्ब ऋण प्रवाह गरेको पाईएको छ । बैंकले सहकारी ठगी प्रकरणमा जेलमा रहेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चालागाईंका विभिन्न कम्पनीहरुलाई ८० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोड रुपैयाँ कर्जा दिएको पाईएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकका सीईओदेखि कर्मचारीसम्मको मिलेमतोमा कमसल धितो राखेर बढी ऋण प्रवाह गरिएको हो ।
यसरी बैंकले चौलागाईं र उनकी श्रीमति पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कर्जा प्रवाह गरेको पाईएको छ ।
तत्कालीन सेञ्चुरी बैंकबाट प्रवाह भएको दुई अर्ब २५ करोड ऋण बढेर झण्डै तीन अर्ब पुगेको छ । कम धितो राखेर बढी ऋण प्रवाह भएपछि हाल धितो लिलामी गरेर पनि बैंकको ऋण उठ्ने अवस्था देखिँदैन ।
हाल तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको उक्त घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओद्वय तुल्सिराम गौतम, मनोज न्यौपाने, बैंकका कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत र राजेश भण्डारीलाई सीआईबीले पक्राउ गरिसकेको छ ।
यसो त तत्कालीन सेञ्चुरीबाट ऋण लिएका चौलागाईं र उनको कम्पनीले ऋण चुक्ता नगरेपछि प्रभु बैंकले धितो लिलामीका लागि तीन पटकसम्म सूचनासमेत निकालिसकेको छ । यता तत्कालीन सेञ्चुरी बैंकको घोटाला प्रकरण छताछुल्ल हुँदा सोही कम्पनीहरुलाई ऋण दिएको एसबिआई बैंकको पनि करोडौँ डुबेको खुलासा भएको छ । बयानका क्रममा देउरालीका अध्यक्ष चौलागाईंले एसबिआई बैंकबाट पनि कराडौँ ऋण लिएको उल्लेख गरेको स्रोतले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्