Skip to content
LAXMI SUNRISE BANK

नियम मिचेर सेयर कारोबार गरेको पाईएपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नियामकको डण्डा !

अर्थ सरोकार

काठमाडौँ । नियम मिचेर सेयर कारोबार गरेको पाईएपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई राष्ट्र बैंकले कार्वाही गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा एकीकृत निर्देशन, २०७९ विपरीत तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरेको भन्दै कार्वाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत पनि गराएको छ । साथै आगमी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK